नाबिलका बलत्कार गरेको आरोपमा एक पक्राउ

खबर पूर्वाञ्चल, ६ मंसिर २०७८, सोमबार २२:४०

विराटनगर/ मोरङको कटहरी गाउँपालिका – ७ की चार वर्षिय एक बालिकलाई बलत्कार गरेर फाल्ने यौन पिपासु पक्राउ परेका छन् ।

भारतको अररीया घर भइ कटहरीमा बस्दै आएका २४ वर्षिय मुकेश सरकारलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सरकारले घरमा खेल्दै गरेको बालिकालाई कटहरी ७ मा रहेको लोहन्द्रा खोलामा लगेर शनिबार राती ८ बजे जवरजस्ती करणाी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । श्रमिक काम गर्ने सरकार शनिबार साइकलमा ढुल्दै ती बालिकाको घरतिर आएका थिए । बालिकाका बावुआमा खेती किसान गर्दछन् । अहिले धान थन्काउने सिजन भएकोले उनीहरू मेलापातमा गएका थिए । ‘त्यसदिन घरमा ती बालिका एक्लै थिइन् । कोही नभएको मौक्का छोपेर सरदार आएर बालिकालाई साइकलमा हालेर घरदेखि करिब ७ सय मिटर नजिक रहेको लोहन्द्रा खोलामा लगेर जवरजस्ती करणी गरेछन् । त्यसपछि बालीकालाई ढुङ्गा प्रहार गरेका रहेछन् । घरमा छोरी नभटेपछि हामी खोज्दै लोहन्द्र खोलामा पुग्दा अर्धनग्ग अवस्थामा छोरी अचेत अवस्थामा थिइन,’ ती बालिकाका आफन्तले भने, ‘यौनिदेखि रगत बगेको थियो । अनुहार र शरिरभरी चोटपट लागेको छ ।’ पीडित ती बालिकाको उपचार अहिले कोशी अस्पतालमा भइरहेको छ । वालिकाको अवस्था चिन्ताजनक छ । उनी रुने कराउने, चिच्याउने र घरीघरी बेहोस हुने गर्छिन् । उनको जीउ भरी निलडामहरु छन् । वलात्कृत वालिकाको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले औषधी उपचार गर्न समेत नसकेको पीडितकी आफन्तले बताएका छन् ।

नावलक बालिकालाई बलत्कार गर्ने सरकारलाई शनिबार राती नै प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिए । आइतबार मोरङ अदालतमा जवरजस्ती करणाी मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५