क्यालिफोर्नियाको अक्ल्याण्डमा भीषण आगलागी, ४० जनाभन्दा बढीको मृत्यु
पूर्वाञ्चल खबर
१९ मंसिर २०७३, आईतवार २०:०१
3
Shares
१९ मंसिर, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको अक्ल्याण्ड शहरको एउटा हलमा भएको आगलागीमा ४० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।
नौ जनाको मृत्यु भएको पुष्टि भएपनि यो संख्या ४० नाध्ने उद्धारमा खटिएकाहरुले जनाएका छन् । अक्ल्याण्डका अग्नी नियन्त्रक प्रमुख तेरेसा डेलोच रिडले हलभित्र ५० देखि एक सय जना रहेको विश्वास गरिएको बताएका छन् । घटना भएको स्थलमा इलेक्ट्रिक समूह जोल्डेन डोनाले कार्यक्रम गर्दै थियो ।
शुरुमा गोदाम रहेको सो हल पछि स्टुडियोमा रुपान्तरण गरिएको थियो । त्यहां फर्निचरका सामग्री रहेकाले आगो नियन्त्रण गर्न कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।
सन् १९८९ मा भूकम्पका कारण उत्तरी क्यालिफोर्नियामा ६३ जनाको मृत्यु भएयता यो आगलागीलाई क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा दुःखद घटना मानिएको छ । एजेन्सी