RUMPUM
animated ellipse animated ellipse

समाजसेवी गोयलले गरे विद्यार्थीलाई पोशाक वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७५, शुक्रबार २०:२४
3
Shares
भद्रपुर /विराटनगरका समाजसेवी दीनबन्धु गोयलले झापा भद्रपुर क्षेत्रका ७ सय ६६ विद्यार्थीलाई आज शुक्रबार विद्यालय पोशाक वितरण गरेका छन् ।

गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका पुण्यस्मृतिमा विद्यालय पोशाक वितरण गरेका हुन् । झापाको भद्रपुर क्षेत्रका पाँच सामुदायिक विद्यालयहरु पृथ्वी मावि, गौतम बुद्ध मावि, शारदा मावि, भानुभक्त मावि र पशुपति माविका ७ सय ६६ विद्यार्थीले पोशाक पाएका छन् ।

झापा उद्योग वाणिज्य सङ्घ भद्रपुर र नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय भद्रपुरको संयुक्त आयोजनामा पोशाक वितरण गरिएको हो । स्वर्गीय दाजुका नाममा दीनबन्धुले विगत १२ वर्षदेखि भद्रपुर आसपासका ५ विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गर्दै आएको बताए ।

कार्यक्रममा समाजसेवी गोयलले आफूले अत्यन्त दुःख र कष्टका साथ विद्यार्थी जीवन पार गरेको चर्चा गरे ।
उनले आफ्नो विगत र धरातल सम्झन आफूलाई अप्ठ्यारो नलाग्ने उल्लेख गर्दै एउटा सामान्य स्वेटरका भरमा जुत्ता र चप्पलसमेत नलगाई खालि खुट्टामै विद्यालयको पढाइ पूरा गर्नुपरेको स्मरण गरे ।
‘आजका विद्यार्थीले यस्तो भोग्नु नपरोस् भन्ने मेरो इच्छा हो’, उनले भने, ‘त्यसैले मेरा स्वर्गीय दाजुका नाममा आवश्यक परेका विद्यार्थीलाई पोशाक वितरण गरेका हौँ ।’ मुलुकमा शिक्षाको विकास नभएसम्म कुनै क्षेत्रको पनि उत्थान हुननसक्ने धारणा प्रकट गर्दै उनले अहिलेका विद्यार्थीको भविष्यमै राष्ट्रको भविष्य र समृद्धि रहेको बताए ।

झापा उवा सङ्घका अध्यक्ष राजु पनेरू, पूर्व अध्यक्ष राजेन्द्र घिमिरे र रेडक्रस भद्रपुर शाखाका अध्यक्ष गोपाल गिरी लगायतका वक्ताले आआफ्नो मन्तव्य प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर