पूर्वाञ्चल खबर
बैसाख २ गते स्थानीय छोटु बंगालीसँग भएको जग्गा साध विवाद बढदै गएपछि प्रहरी कार्यालय बुधनगरका प्रहरी सहायक निरिक्षक ललन यादवसहितको प्रहरी टोलीले हस्तक्षप गरेको हो । जग्गा विवादमा रामप्रसादको परिवारलाई नियन्त्रणमा लिएको प्रहरीले तीन घण्टा पछि छाडेको थियो ।
‘मलाई निर्घात कुटपिट गरे ’ रामकुमार ऋसिदेवले भने ‘ जग्गा विवादमा प्रहरीले परिवारका सबैलाई कुटपिट ग¥यो ।’ उनी छोरा अनिल, दिपक, ज्वाई सतिया ऋसिदेवलाई निर्घात कुटपिट गरेको बताए ।
कुटपिट पछि नियन्त्रणमा लिएको प्रहरीले सार्वजनिक मुद्धा लगाउछु भन्दै डर देखाएर पैसा मागेको उनको गुनासो छ । प्रहरी सहयाक निरिक्षक यादवले स्थानीय पंकज यादव मार्फत घटना मिलाउन पैसा माग गरेको उनीहरुको गुनासो छ ।
पंकजले रामप्रसादका छोरा अनिललाई फोन गर्दै ५० हजार माग गरेका थिए । तर दिन नसक्ने भनेपछि तीस हजार माग गरेका थिए । पंकजले गरेको फोनको रेर्कड सुनाउदै अनिलले होलीमा पनि प्रहरी सहयाक निरिक्षक ललन यादवले तीस हजार रुपैया माग गरेको गुनासो गरे । तर प्रहरी सहायक निरिक्षक यादवले भने कोहीसीत घुस नमागेको बताउदै आफूलाई बदनाम गराउने प्रयास भएको दावि गरेका छन् ।