पूर्वाञ्चल खबर
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर समाजमा योगदान पुर्याएका एकल महिलाहरु र सामाजिक क्षेत्रमा योगदान पुर्याउँदा पुर्याउँदै देहावसान भएका समाजसेवीहरुको उच्च मूल्याङ्कन गर्दै उनीहरूका श्रीमतीलाई सम्मान गरिएको हो ।
उनीहरुलाई सम्मान पत्र, खादा र मालाले सम्मान गरिएको छ । सम्मानित हुनेमा गृहलक्ष्मी महाजु, जुवेदा खातुन, निर्मला राठी र शान्ति साह रहेकी छिन्।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले
सुरक्षाकर्मी र नागरिकको संयुक्त प्रयासबाट गठित टोल सुरक्षा समितिले नागरिकको सुरक्षाका लागि एकढिक्का भएर अगाडि बढ्न सुझाव दिए ।
आर्थिक समस्या झेलिरहेको अवस्थामा पनि निकै नै राम्रो काम टोल सुरक्षा समितिले गरेको बताए । कठिन यात्रा गर्दै टोल सुरक्षा समिति विगत ६ बर्षदेखि निरन्तर रुपमा वडाबासीलाई सेवा दिंदै आएको छ।
त्यसैगरि संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्केले सामाजिक संस्थामा रहेर काम गर्ने इच्छा शक्ति हुँदा हुँदै पनि सँधै आर्थिक समस्याले पिरोलिनु पर्ने वाध्यता भएको दुखेसो पोखे।
ुुसामाजिक काम गर्ने इच्छा शक्ति भएका टोल विकास संस्था र टोल सुरक्षा समितिको अवस्था उस्तै छ। आर्थिक अभावले सानो ठाउँमा कार्यक्रम गर्नु पर्छ । सानो ठाउँमा कार्यक्रम गर्दा मान्छे नआइदिने समस्या छ । उनले आफ्नो अनुभव व्यक्त गरे। प्रहरी र नागरिक बीचको दुरी घटाउँन, समाजमा विकृति र विसंगतीहरु नफैलियोस्, जनताका साना साना समस्याहरु स्थानीय तहमै समाधान हुन् भन्ने उद्देश्यले गठन गरिएको यस समितिलाई सबै पक्षको साथ सहयोगको आवश्यकता रहेको मास्केको भनाइ छ ।
कार्यक्रममा श्रीसरस्वती उच्च माविका प्रधानाध्यापक योगेन्द्र कार्की,सामुदायिक सेवा केन्द्र कटहरीका उपाध्यक्ष रामदेव मण्डल, संयुक्त टोल संगठन वडा नम्बर ९ का अध्यक्ष गंगालाल प्रधान,जानकी सेवा सदनका अध्यक्ष घनश्याम राठी,गैर सरकारी संस्था महासंघ जिल्ला अध्यक्ष प्रभा अधिकारीलगायतले बोलेका थिए ।
विराटनगर टोल सुरक्षा समिति विराटनगर ९ का अध्यक्ष नगेन्द्र भगतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।