RUMPUM
animated ellipse animated ellipse

मृगौला फेल भएका सेनिहाङको उपचारर्थ च्यारेटि शो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७५, मंगलवार १९:०६
3
Shares
विराटनगर / आर्थिक अवस्थाबाट कमजोर भएका मिक्लाजुङ २ बस्ने सेनिहाङ लिम्बुको दुवै मृगौला फेल भएपछि उनको उपचारर्थ खर्च जुटाउनको लागी विराटनगरमा च्यारेटी शो गरिने भएको छ ।

चलचित्र ‘यो साइनो मायाको ’ विशेष च्यारेटी सो भोली बुधवार बिहान ९ बजे हिमालय टाकिजमा गरिने भएको छ । च्यारेटी शोबाट उठेको रकमबाट सेनिहाङ लिम्बुको उपचारमा खर्च गरिने जनाएको छ ।

प्रेम कथामा बनेको यो चलचित्रमा प्रेम, विछोड र त्यागको कथा उल्लेख गरिएको छ । चलचित्रमा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडीलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका निर्माता रामकुमार श्रेष्ठ हुन् । चलचित्रमा कुन्दन थापा र वीकेश के शंकरको संगीत, बाबुराम नेपालीको छायांँकन छ । चलचित्रको निर्देशन अरुणकुमार प्रधानले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर