animated ellipse animated ellipse

८ कक्षामा पढ्ने विद्यार्थीको निर्देशनमा ‘बुद्धिमानी आमा’ मञ्चन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८१, आईतवार २०:०५
234
Shares
विराटनगर / विराटनगर विद्यालय नाटक महोत्सवको दोस्रो दिन आइतबार ‘बुद्धिमानी आमा’ मञ्चन भएको छ ।

हाटखोलास्थित गुरुकुलमा ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत विद्यार्थी मनिषा राजवंशीद्धारा निर्देशित नाटक मञ्चन भएको हो । योशिको उचिदाद्धारा लिखित कक्षा ७ को पाठ्यक्रममा समावेश कथालाई नाटकको रुप दिई मञ्चन गरिएको नाटकमा सोही विद्यालयका विद्यार्थी सुशान्त पोखरेल, नितान्त थापा, सुदिन थापा, जिया भगत, उपासना यादव लगायतले अभिनय गरेका थिए ।

वृद्धहरु शारीरिक रुपमा केही कमजोर भएपनि उनीहरुको ज्ञान, सीप र अनुभवले समाजमा महत्वपूर्ण योगदान गर्नसक्ने उक्त नाटकको मूलसार थियो । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा सोमबार दिल्ली पब्लिक स्कुलले छिमेकी मञ्चन गर्नेछ ।

भदौ ३१ गतेसम्मबालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्दैछन् । मंगलबार आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण, बुधबार ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ, बिहीबार पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ । यस्तै शुक्रबार नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, शनिबार मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुललेस्मार्ट बन्द, आइतबानर सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुललेसाबित्रीको बाख्रो मञ्चन गर्नेछ । महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर