animated ellipse animated ellipse

सवारी दुर्घटनामा परी १ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०७७, सोमबार १८:००
3
Shares
ताप्लेजुङ / ताप्लेजुङको श्रीजंगा गाउँपालिका(२ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज खादिम्बेतर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रालि को प्रदेश १-०१-००१ त ८२४८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका ठेगाना भएका २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरका सह(चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते भई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर