RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा विषादी अवशेष विश्लेशण इकाई स्थापना हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७४, सोमबार १७:३४
3
Shares
विराटनगर, २६ चैत / अत्यधिक विषादी प्रयोग घटाउन र दोषीलाई कारबाही गर्न विराटनगर महानगरपालिकामा पनि विषादी अवशेष विश्लेषण इकाई राखिने भएको छ ।

आज विराटनगर महानगरको समन्वयमा कृर्षि भुमिसुधार तथा सहकारी मन्त्रालय वीच विराटनगरमा भएको छलफलमा विषादी अवशेष विश्लेषण इकाई राखी कार्य शुरु गर्ने सहमति भएको छ । आउँदो आर्थीक वर्षभित्रै यो कार्यारम्भ गर्ने र विषादीको परिक्षण गरिने भएको हो । ‘इकाइले नमुना परीक्षणको काम गर्ने छ,’ १ नंम्वर प्रदेश कृर्षि भुमिसुधार तथा सहकारी मन्त्रालयका सचिव डां. हरिबहादुर केसीले भने । उनले चाढै कार्यालय स्थापना गरेर विराटनगर महानगरको समन्वयमा मन्त्रालयले काम अगाडी वढाउन खोजिरहेको जानकारी दिए ।

छलफल कार्यक्रममा विराटनगर महानगर पालीकाका मेयर भीम पराजुलीले केन्द्र राख्न उचित स्थान दिने र अनुगमन तथा विषादीको परिक्षणमा महानगर कटिवद्ध भएर लाग्ने बताए । उनले केन्द्र स्थापना भएसंगै वजारमा विक्रि भइरहेको तरकारीमा विषादीको प्रयोग घट्ने विश्वास व्यक्त गरे । छलफल कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला, वडा–७ का वडा अध्यक्ष निश्चल अर्याल,मधुवावु तिवारी,कृर्षि मन्त्रालयका उपसचिव मनोजकुमार यादव,बरिष्ठ वालीसंरक्षक अधिकृत दुर्गा पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर