सुनसरी मोरंङ सिचाइ योजनाले सहज रुपले सिचाई पुुर्याउने
पूर्वाञ्चल खबर
१८ मंसिर २०७३, शनिबार २०:२४
3
Shares
१८ मंसिर ,विराटनगर । सुनसरी मोरंङ सिचाइ योजनाले सहज रुपले सिचाई पुुर्याउन मर्मत संभार एंव नहर व्यवस्थित गर्न शुुरु गरेको छ । योजनाले ५३ किलोमिटर मुुल नहर तथा शाखाा नहरमा मर्मत संभारको व्यवस्थित गर्ने काम शुुरु गरेको हो ।
चतरादेखि झमनपुुरसम्मको मुुल तथा शाखा नहर सवैमा एकैचोटी काम शुुरु भएको छ । मोरंङ र सुुनसरी जिल्लामा सहज रुपले सिचाइ पुुर्याउन योजनाले नहरमा पानी रोकेर काम शुूरु गरेको हो । मर्मत संभारका लागी पानी रोक्नुु योजनाको वाध्यता रहेको कार्यालयले जनाएको छ ।
मंसिर–१५ गतेदेखि नहरको मर्मत संभार एंव विस्तारको काम शुुरु गरेको योजना प्रमुुख तारा पौडेलले वताएका छन् । योजना प्रमुुखका पौडेलका अनुुसार, अहिले धान काट्ने सिजन भएकोले पानी छाड्दा धान भिजने र गहुुका लागी २० , २२ दिनपछी मात्र पानी प्रयोगमा आउने भएकाले किसानको माग अनुुसार नै पानी रोकेर नहर मर्मत संभार एंव सरसफाईको काम थालिएको हो ।
जल उपभोक्ता समितिले अहिले खासै पानीको आवश्यकता नभएको जनाएको छ । नहरको काम सम्पन्न गरेर पुुष–९ गतेदेखि नहरमा पानी छाडिने योजना प्रमुुख पौडेलको भनाई छ । नहरको पुुर्णक्षमता ६० घनमिटर हो । नहर सफाई नहुुुदा क्षमताको आधामात्र नहरमा पानी आउने गरेको छ । नहरको काम सम्पन्न भएपछी नहरमा ३५ देखि ४० घन मिटर पानी वग्ने वताएको छ ।
प्रत्येक किसानको खेतमा सहज रुपले सिचाई पुुर्याउने कामलाई आफुहरुको पहिलो प्राथमिक्ता भएको पौडेलको भनाई छ । नेपाल सरकारले अरवौं रुपैया लगानी गरेर नहर निमार्ण गरेकाले नहरको प्रयोग गर्न पाउनुु किसानको अधिकार हो त्यसकारणपनी योजनाले नहर पुुगेका ठाउँमा सहज रुपले पानी पुुर्याउन नहर व्यवस्थित गर्न थालिको योजना प्रमुुख पौडेलले वताए ।
यसपटक नहर व्यवस्थित भएपछी वर्षौदेिख सिचाई नपुुगेका स्थानहरुमा सहज रुपले सिचाई पुुग्ने उनले दावी गरेका छन् ।