RUMPUM
animated ellipse animated ellipse

पुलमुनी बसोवास गर्दै आएका आमा छोरी नौ बर्षपछि आफ्नै घरमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७४, बुधबार १९:२६
3
Shares
विराटनगर, ७ चैत / करिव नौ बर्ष यता मोरङको कानेपोखरी ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमा छोरीले नौ बर्षपछि आज आफ्नै घर पाएका छन् । उनीहरुलाई विभिन्न संघसस्था , जनप्रतिनिधी र गाउँलेहरुको सहयोगमा सोही गाउँमा घर निर्माण गरी आज हस्तान्तरण गरीएको हो ।

माइती नेपाल विराटनगरको संयोजनमा विभिन्न सस्थाको तीन लाख रुपैया सहयोगमा टिनको छाना लगाएर इटाको घर र शौचालय निर्माण गरीएको माइती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले बताए । आफ्नो घर नभएका ६० बर्षीया कुस्मी उराँव र ३० बर्षीया छोरी दयावतीलाई विराटनगर स्थित ओरेकको सेफ हाउसमा राखिएको थियो । घर निर्माण पछि खाट ओछ्यान,लुगा कपडा,भाडा कुडा सहित खाद्यान्न सामाग्री समेत प्रदान गरिएको छ ।

योसगै बषौ पछि आज उनीहरु आफ्नै घरमा बस्न पाएका हुन् । सहयोगी संघसस्थाका प्रतिनिधी सहित कानेपोखरी गाउँपालिकाकी उपप्रमुख राजकुमारी इङनाम, ५ नम्बर बडाका बडाअध्यक्ष चरण गुरुङले आमाछोरीलाई घरको चावी हस्तान्तरण गरेका छन् ।

करिव चार महिना अधि महिला तथा वालवालिका कार्यालय मोरङ, ओरेक नेपाल , इन्सेक र सञ्चारकर्मीको सहकार्यमा उद्धार गरी विराटनगर ल्याएर आरेकको सुरक्षा आवाशमा राखिएको थियो ।

कुस्मी र अपाङगता भएकी(बोल्न नसक्ने) दयावतीको घर पुलमुनीको ओढार र पेशा सालको पात र निगुरो ब्यापार थियो । दैनिक साथिहरुसँग जंगल जाने पात र निगुरो टिपेर ल्याउने ब्यापार गर्ने उनीहरुको दिन चर्या हो । त्यही आम्दानीबाट उनीहरुले छाक टार्दै आएका थिए ।

अपाङगता भएकी छोरीसंगै कष्टकर जिवन विताउँदै आएकी कुस्मीको घर(ओढार)मा नत घेरावार , नत पानी विजुली नै थियो । अब पानी लगायत सुविधाको ब्यवस्था गरि दिने गाउँपालिका उपप्रमुख इङनामले बताइन् । पुलको छानोबाट टिनको छानो र घेरावारा विहिन ओढारबाट आफ्नो घर पाउँदा धेरै खुशी लागेको कुस्मीले बताइन । आफ्नो नागरीकता भएपनि कुस्मीले छोरीको नागरीकता बनाउन सकेकी छैनन ।

महिला वालवालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले गाउँपालिकाको सहयोगमा नागरिकता बनाएपछि अपाङगता परिचय पत्र बनाउने र सामाजिक सुरक्षा भक्ताको ब्यवस्था गरिदिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर