RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेजमा लैगिङ्क र प्रजनन स्वास्थ्यको बारैमा गोष्ठी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७४, सोमबार १४:४२
9
Shares
विराटनगर, ५ चैत / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजमा लैगिङ्क र प्रजनन स्वास्थय सवैको अधिकार विषयमा दुई दिने कार्याशाला गोष्ठी आजदेखि शूरु भएको छ ।

दया फाउण्डेशन काठमान्डौं र विराटनगर जुनियर जेसीजको सहकार्यमा गोष्ठिको आयोजना भएको हो । मैगलबारसम्म हुने कार्याशाला गोष्ठीमा कलेजमा कक्षा ११ मा अध्ययनरत ८० जना विद्यार्थीहरु सहभागि रहेका कलेज व्यवस्थापन संकायका को–अडिनेटर शंकर भट्टराईले जानकारी दिए । उक्त कार्यक्रममा यूवा विद्यार्थीहरुलाई लैगिङ्क र प्रजनन स्वास्थयका विबिध पक्षहरुको बारैमा जानकारी गराएको को–अडिनेटर भट्टराईले बताए ।

टिना मानन्धर, स्नेहा जोशी, सुस्मिता हाक्य र सरु घिमिरेले गोष्ठीको सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर