AArya
RUMPUM
animated ellipse animated ellipse

नेदरल्यान्डसँग ४५ रनले पराजित नेपाल विश्वकप छनोटमा आठौँ स्थानमा सिमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०७४, शनिबार २०:३२
3
Shares
विराटनगर, ३ चैत / जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आठौं स्थानमा चित्त बुझायो । सातौं स्थानका लागि जिम्बावेको क्वेक्वे मैदानमा आज भएको प्लेअफ खेलमा नेदरल्यान्ड्ससँग नेपाल ४५ रनले पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा सव्ै विकेट गुमाई १ सय ४४ रनमा सिमित भयो । नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३६ रन जोडे । उनले ५३ बलमा ३ चौका र १ छक्काप्रहार गरे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले २५ रन, कप्तान पारस खडकाले २२ रन, सन्दीप लामिछाने अविजित १४ रन र करण केसीले १३ रन जोडे । नेदरल्याण्ड्सका भान डेर मेर्वेले सर्वाधिक ४ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन बनाएको छ । नेदरल्याण्ड्सका बास डे लिडीले सवैभन्दा बढी ३९ रन बनाउँदा भान डेर मेर्वे र स्कट इडवार्ड समान २५–२५ रन जोडे । त्यस्तै सेन स्नटरले नआउट २३ रन तथा
पिटर सिलार २३ रनको योगदान दिए ।

नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २–२ विकेट हात पारे । कामीले १० ओभरमा किफायती बलिङ गर्दै २ मेडन राख्र्दै २४ रन दिए । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर