AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चिनारी स्कूलमा निःशुल्क स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७३, शुक्रबार १४:२७
3
Shares
१७ मंसिर, पथरी/    मोरङको पथरीशनिश्चरे–२ मा  रहेको देविगन्जमा चिनारी इङ्लिस बोर्डिङ स्कूल र लालीगुराँस सामुदायिक विकास केन्द्रको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चिनारी बोर्डिङ स्कुलको प्राङ्गमा शुक्रबार भएको स्वास्थ्य शिविमा विराटनगरको विराट मेडिकल टिचिङ अस्पतालले प्राविधिक सहयोग रहेको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. उषा कार्की र बाल रोग विशेषज्ञ डा. अविरल ताम्राकारले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमामा ३ सय ९३ बालबालिका र १ सय ५३ अभिभावक गरी जम्मा ५ सय भन्दा बढीको स्वास्थ परीक्षण गरिएको थियो ।
शिक्षाका अलवा स्वास्थ्यमा पनि केही सेवा गरौं र  अस्पतालसम्म पुग्ने पहुँच नभएका सर्वसाधारणहरुको स्वास्थ्य परीक्षण गराउन भनेर शिविरको आयोजना गरिएको चिनारी बोर्डिङ स्कुलका निर्देशक विरेन साम्बाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर