AArya
RUMPUM
animated ellipse animated ellipse

दलहरुको सहमतीमै संविधान संशोधन प्रस्ताव पारित हुने -सभापति देउवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७३, शुक्रबार १४:१८
3
Shares
फाइल तस्वीर
१७ मंसिर,विराटनगर/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुको सहमतीमै संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गगरेका छन्
विराटनगर विमानस्थलमा आज बिहान स्थानिय संचारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले दलहरुको सहमतिमा संविधान संशोधन प्रस्ताव आएकाले सहमतीबाटै प्रस्ताव पारित हुने दाबी गरका हुन् । उनले संशोधन प्रस्तावका विषयमा सहमती जुटाउन प्रतिपक्षी दल एमाले र मधेशी मोर्चासँग छलफल चलिरहेको समेत जानकारी दिएका छन् ।
सभापति देउवाले मधेशी मोर्चाको माग अनुसार नै संविधान संशोधन प्रस्ताव आएको समेत जिकिर गरुेका छन् । उनले संविधान संशोधनका कारण भइरहेको आन्दोलन साम्य पार्न आफुहरुले आन्दोलनकारीसँग बसेर छलफल गर्ने बताएका छन् ।
फरक प्रसंगमा सभापति देउवाले नेकपा एमाले तथा मधेशवादी दल पुरानै संरचना अनुसार निर्वाचनमा जान तयार रहेकाले दलहरुबीच सहमती भए पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन हुने जानकारी दिए । लामो समयसम्म स्थानीय निकायको निर्वाचन नहुँदा विकासका कामहरु प्रभावकारीरुपमा अगाड बढ्न नसकेको भन्दै उनले दलहरुबीच सहमती जुटे पुरानै संरचना अनुसार भएपनि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर