AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दैनिक ६० हजारको दही चोरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७४, शुक्रबार ०७:५६
3
Shares
काठमाडौं/ सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै।

डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्यबराबरको तयारी दही चोरी हुने गरेको छ। आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ।

स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री रण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजारभन्दा बढी मूल्यबराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ। केही दिनअघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए। डीडीसी स्रोतकाअनुसार निरौंलाले उक्त आयोजनामा काम गर्ने एक जना कर्मचारीलाई २८ लिटर दूध लुकाएर आफ्नो गाडीमा लगेको फेला पारेका थिए।

सुरक्षा गार्ड निरौंलाले रोक्न धेरै प्रयास गरेपनि नाउ नखुलेका उक्त कर्मचारीले दही लिएर बाहिरिएका थिए। ‘कर्मचारी आफू खाने भनेर गोप्य रूपमा दैनिक दुई सयभन्दा बढी दहीको पोका र केही जार बाहिर लाने गरेका छन्’, स्रोतले भन्यो,‘बाहिर जाने यस्तो दही कर्मचारीले केही सस्तो मूल्यमा बजारमा गएर बिक्री गरी आम्दानी गर्दैआएका छन्।’ दही चोरी हुने घटनामा सञ्चालक समितिले दोषिउपर तत्काल कारबाही गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएको छ।
यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर