RUMPUM
animated ellipse animated ellipse

वार्ड नं १९ का बाढीपीडित परिवार आभास गृह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७४, बिहीबार २०:२५
3
Shares
विराटनगर २४ फागुन / विराटनगर महानगरपालिकाले वार्ड नं १९ का बाढीपीडित परिवारलाई अस्थाई आभास गृह निर्माण गरी हस्तान्तरण गरेको छ ।

हङकङ सरकारको प्रकोप राहतकोष ‘ह्यावीट्याड’को सहयोगमा सहारा नेपाल , जीवन विकास र विराटनगर महानगरको सकृयतामा निर्माण गरिएको घर हस्तान्त्रण गरेको हो ।
जीवन विकासले विराटनगर भित्र बनाएका ३ सय ७४ र साहारा नेपालले बनाएको १ सय ७१ घरटहरा स्थानीयलाई हस्तान्तरण गरिएको हो ।

मेयर भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राई,सामाजिक विकास मन्त्री जीवन घिमिरे ,प्रतिधिसभा सदस्य अमनलाल मोदी ,प्रदेशसभा सदस्य केदार कार्की,जयराम यादव ,उपमेयर इन्दिारा कार्की ,प्राधिकरणअन्तर्गत बाढी पुनःनिर्माण तथा पुनःस्थापना आयोजना प्रमुख डा सुमन कर्णा, नेपालका लागि ह्यबिट्याट्स फर हुमानिटिकी कन्ट्री डाइरेक्टर कृष्टि स्टिन्नि, जिवन विकासका कार्यकारी निर्देकशक योगेन्द्र मण्डल, वरिष्ठ प्रवन्धक दामोदर रेग्मी साहारा नेपालका महेन्द्र गिरी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर