पूर्वाञ्चल खबर
१६ मंसिर, दुहवी/ मनाङ मस्याङदी क्लब काठमाण्डौ सुनसरीको दुहवीमा जारी मनमोहन दुहवी गोल्डकपको उपधि नजिक प्रवेश गरेका छ । मनाङले बिहिवार सम्पन्न अन्तिम सेमी फाइनल खेलमा रमपम झापा ११ लाई २–१ गोल अन्तरले पराजित गरी फाइनलको यात्रा गरेका हो । मनाङले शनिबार हुने फाइनल खेलमा विभागिय टोलि त्रिभुवन आर्मी क्लब काठमाण्डौसँग प्रतिपर्धा गर्ने छ ।
पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलको दोश्रो हाफको ८ औ मिनेटमा मनाङ मस्याङदीका ओलावाले १ गोल गर्दै १–० गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।े २८ औ मिनेटमा मनाङका ओलावाले पुन १ गोल गर्दै मनाङ २–० गोलको स्पष्ट अग्रता लिएको थियो । इनज्योरी टाइममा रमपम झापा–११ का बिशाल राइले सान्तना गोल फर्काएका थिए । खेलको उत्कृष्ट खेलाडी मनाङ मस्याङदी क्लबका ओलावालाइ घोषित भए ।