पूर्वाञ्चल खबर
पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व शान्ति मन्त्री रकम चेम्जोङ, महासचिव एवम् पूर्व सभासद् रणध्वज कन्दङ्वा, महासचिव तथा पुर्व सासंद रणध्वज कन्दङबाज्युले सम्मान पत्र तथा खदा ओढाएर सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा प्रदेश सांसदहरु जयराम यादव, रामचन्द्र लिम्बू (आरसी तुम्बा) र राधा थापा छन् । सम्मानीत मध्ये तुम्बा र थापा समानुपातिकबाट निर्वाचित भएका हुन् भने संसदीय दलका नेता समेत रहेका यादव मोरङ क्षेत्र नम्बर ५(२) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
आज ससफो लिम्बुवान प्रदेश तदर्थ समितिको १० औं पूर्ण बैठकका बीच उनीहरु सम्मानित भएका हुन् ।
आजैनै बैठकमा जिल्लास्तरीय चुनावी समीक्षा प्रतिवेदन पेश गर्ने कार्यक्रम जारी रहेको छ । जस अन्तर्गत ताप्लेजुङ अध्यक्ष मोति पालुङ्वा, पान्थर अध्यक्ष डीएम आङदेम्बे, तेह्रथुम जिल्ला अध्यक्ष नारायण गुरुङ, धनकुटा अध्यक्ष बलबहादुर राई, झापा जिल्ला अध्यक्ष धिरेन लावती, इलाम अध्यक्ष कमल चाम्लिलगायतले बोलेका थिए ।
तीन दिन सम्म चल्ने बैठकले मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचनको समीक्षा गर्नेदेखि लिम्बुवान प्रदेशस्तरीय कार्ययोजना र समसामयिक राजनीनिक विषयहरुमा महत्वपूर्ण निर्णयहरु गर्ने सचिव केदार धिमालले जानकारी दिएका छन् ।