एमालेले विराटनगर १ मा बस्नेत र २ मा पोखरेल निर्वाचित

खबर पूर्वाञ्चल, ३ जेष्ठ २०७९, मंगलवार ०८:५७
2.04k
Shares
विराटनगर / नेकपा एमालेले विराटनगर–१ र २ मा वडाअध्यक्ष सहत प्याननै निर्वाचित भएको छ ।

आज विहान सार्वजनिक भएको मत परिणाम अनुसार विराटनगर १ मा एमालेका उम्मेदवार काजी बस्नेत र २ बाट एमालैकै उम्मेदवार कुमार पोखरेल निर्वाचि भएका छन् ।
बस्नेतले प्रतिस्प्रर्धी नेपाली काँग्रेसका राजन न्यौपानेलाई ३१० मतले परछ पार्दै निर्वाचि भएका हुन् । बस्नेतले १९०० मत ल्याउँदा न्यौपाले १५९० मत ल्याए ।

त्यस्तै विराटनगर २ मा निवर्तमान वडा अध्यक्ष कुमार पोखरेलले राप्रपाका पवन सुरानालाई ५१ मतान्तरले पराजित गर्दै पोखरेल दोस्रो कार्यकालकालागि निर्वाचित भए । पोखरेल १३३४ मत ल्याउँदा सुरानाले १२८३ मत ल्याए ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा पोखरेलले सुरानालाई झिनो मतान्तरले पछि पार्दै पहिलो पटक वडाअध्यक्षमा निर्वाचित भएका थिए । सराना २०७४ सालमा स्वतन्त्रबाट उम्मेदवार बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५