AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सत्ता भागबण्डाको टुंगो लाग्यो, कसलाई के?

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७४, आईतवार ०७:५७
3
Shares
फाइल तस्वीर
एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता भागबण्डा टुंगो लगाएका छन्। दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा आपसी समझदारीमा टुंग्याएका हुन्। यो खबर आजको अन्नपूर्णमा छ । ‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबण्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई दिने र सभामुख माओवादीले लिने समझदारी भएको छ।’

एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष र १० वटा मन्त्रालय तथा माओवादीले उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको उपाध्यक्ष र सात वटा मन्त्रालय लिने सहमति भएको छ। यो सहमति एमाले–माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिमा जुटेका नेताहरूको भनाइ छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ।

दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापनि शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि पठाएका तीन जनाको सिफारिस फिर्ता लिँदै एमालेका दुई र माओवादी केन्द्रका एक जना सिफारिस गर्नेसम्म थिए । सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयन गरेपछि देउवा सरकारद्वारा मनोनति तीन जना अदालत गुहार्न पुगका छन् ।

एमाले र माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसद्को समर्थनयुक्त बनाउन पनि प्रयास भइरहेको छ। यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँडमा सहमतिमा ल्याउने प्रयास जारी छ। फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुईवटा मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा दुई दलले छलफल गरिहेका छन् ।

एमाले

– राष्ट्रपति

– प्रधानमन्त्री

– राष्ट्रियसभा अध्यक्ष

– प्रधानमन्त्रीसहित ११ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये २ जना

माओवादी

– उपराष्ट्रपति

– प्रतिनिधिसभा सभामुख

– राष्ट्रियसभा उपाध्यक्ष

– ७ वटा मन्त्रालय

– राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये १ जना

संघीय समाजवादी फोरम (सरकारमा सहभागी भए मात्र)

– प्रतिनिधिसभा उपाध्यक्ष

– २ वटासम्म मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर