AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एकता बैठकमा उपेन्द्र यादवकाे इन्ट्री !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७४, मंगलवार ०५:५७
3
Shares
फाइल तस्वीर
काठमाडौं,८ फागुन / एमाले र माओवादीका शीर्ष नेताबीच पार्टी एकीकरणबारे महत्वपूर्ण बैठक चलिरहेका वेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।

एमाले नेता अग्नि खरेलसँग बालुवाटार पुगेका उनी केही बेरमै बाहिरिएका थिए । बालुवाटार जानुभन्दा अघि आज दिउँसो पनि यादव र खरेलबीच छलफल भएको थियो ।,

बालुवाटारबाट बाहिरिँदै संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादव ।बालुवाटार स्राेतले दिएकाे जानकारीअनुसार त्यसक्रममा यादवले प्रधानमन्त्री र माअाेवादी अध्यक्ष प्रचण्डसँग संविधान संशाेधनका विषयमा अाफ्नाे धारणा राखे ।

बालुवाटारबाट निस्केपछि यादवले त्यहाँ रहेका सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । बैठकमा सरकारमा सहभागिताकाे विषयमा समेत छलफल चलिरहेकाले त्यसबारे धारणा बुझ्न यादवलार्इ बालुवाटार बाेलाइएकाे अनुमान छ ।तर, यादवले सरकारमा सहभागिताबारे निर्णयमा पुग्नुअघि एमाले र माअाेवादी संविधान संशाेधनका लागि सहमत हुनुपर्ने धारणा राख्दै अाएका छन् । यो खबर नयाँ पत्रिका दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर