पूर्वाञ्चल खबर
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकपछि यस विषयमा औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन । स्रोतहरुले सिफारिस तीनजनाको नाम फिर्ता लिने र नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको बताएका छन् ।
सरकारका प्रवक्तासमेत रहेकी महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महत्वपूर्ण निर्णय भए पनि अनुशासनका कारण बाहिर सार्वजनिक गर्न नमिल्ने बताइन् । ‘महत्वपूर्ण निर्णय भएको छ । मन्त्रिपरिषद्को अनुशासनका कारण अहिले बाहिर भन्न मिल्दैन,’ थापाले भनिन् ।
तीन सदस्यीय मन्त्रिपरिषदका अर्का सदस्य जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पनि निर्णयका बारेमा बोल्न चाहेनन् । यो खबर नागरिक दैनिक्मा छ ।