RUMPUM
animated ellipse animated ellipse

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७४, आईतवार ०६:४८
3
Shares
कर्णाली,२८ माघ/संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ।

मिनेट र घन्टाका हिसाबले होइन दिनको हिसाबले लोडसेडिङ हुन्छ। डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन विराएर अँध्यारोमा बस्न बाध्य छन्।

त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ। स्थानीय बासिन्दा राज्यको वेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन्।

राष्ट्रिय प्रशारण लाइनबाट वञ्चित

कर्णाली क्षेत्रका पाँच जिल्ला नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसाशरण लाइनसँग जोडिएका छैनन्।

कर्णाली विकास आयोगले गरेको एक अध्ययनअनुसार स्थानीय बासिन्दाको सक्रियतामा पाँचै जिल्लामा २.४ मेगावाट विद्युत उत्पादन हुन्छ। यी क्षेत्र साना जलविद्युत आयोजना र बैकल्पिक उर्जामै निर्भर छ।

कुन जिल्लामा कति लोडसेडिङ ?

-जुम्लामा १४ घन्टा लोडसेडिङ, करिब १० हजार घरमा अझै पुगेन विजुली

-डोल्पा सदरमुकाम दुनैमा एक दिन विराएर लोडसेडिङ, उपल्लो डोल्पामा सोलार

-हुम्लामा दैनिक १० घन्टा लोडसेडिङ, चारहजार घर अझै विजुलीविहिन

-कालिकोटमा दैनिक २ घन्टा लोडसेडिङ, ६५ हजार घरमा अझै विजुली पुगेन। यो समाचार नयाँ पत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर