AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई पक्का

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७४, शुक्रबार १६:५८
3
Shares
फाइल तस्वीर
विराटनगर, २६ माघ / एक नम्बर प्रदेशको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् ।

राईले २६ मत प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धी भीम आचार्यलाई पराजित गरेका छन् । आचार्यले २४ मत ल्याएका थिए । निर्वाचित भएपपछी उनलाई मुख्यमन्त्री बन्ने बाटोसमेत खुलेको छ । एक मत बदर भएको थियो । कुल ५१ जना सांसद सवै मतदानमा सहभागि रहेका थिए ।

विराटनगरको जिल्ला समन्वय समितिको भवनमा मतदान भएको थियो । दुबै उमेदवारले आज बिहान ११ बजे उमेदवारी दर्ता गरेका थिए । शेरधनको प्रस्तावकमा सुनसरी ४ का प्रदेश सांसद जगदीश कुशैयत र समर्थकमा झापाका हिक्मत कार्की रहेका थिए भने आचार्यको प्रस्तावकमा संखुवासभाका तुलसी न्यौपाने र समर्थकमा पांचथरका गणेश काम्बाङ रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर