पूर्वाञ्चल खबर
पहिलो सेमिफाइनलमा बिश्व आदर्शले कस्तुरी कलेजलाइ २ रनले पराजित गर्दै उपाधी नजिक पुगेको छ । इटहरी स्थित नेपाल डिभिएम स्कूलमा टस जितेर ब्याटिङ गरेको बिश्वआदर्श कलेजले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव ३ बल खेल्दै सबै विकेट गुमाउदै ७६ रन बनाएको थियो । जसमा म्यान अफ द म्याच भुपाल लुइटेलले २४ रन बनाउँदा धिरेन राइले १४ र अंकित गुरागाइले ११ रन बनाए ।
कस्तुरी कलेजका बिकास शाहले ४ विकेट तथा निर्दोष काफ्ले २ विकेट लिए । जवाफमा ७७ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको कस्तुरी कलेजले निर्धारित १५ ओभर पुरै खेल्दै ६ विकेटको क्षतीकमा ७४ रन मात्र बनाउन सक्यो । कस्तुरीकालागी सन्दिप शाहले सर्वाधिक ३१ रन बनाउँदा आशिष भण्डारीले ११ र अमन गौतमले १० रन बनाए । बिश्वआदर्शका भुपाल लुइटेल र निश्चल भटराइले २–२ विकेट लिए ।
दास्रो सेमिफाइनल खेलमा युरेका एकेडेमीलाई २३ रनले पराजित गर्दै सीबि कलेज बिजयी भएको छ । टस जितेर ब्याटिङ गरेको सीबि कलेजले निर्धारित १५ ओभरको खेलमा ७ विकेट गुमाउदै ९४ रन बनाएको थियो । जसमा म्यान अफ द म्याच सलिम हासमिले २८ रन बनाउँदा इमरान हासमीले १६ रन तथा करण चौहानले १२ रन बनाए ।
यूरेकाका बिश्वजित राइले ३ विकेट लिए । जवाफमा यूरेकाले पुरै १५ ओभर खेल्दै ३ विकेटको क्षतीमा ७१ रनमा सिमित भएपछी सीबि कलेज बिजयी भएको हो । यूरेकाका लागी उत्सव ढुंगानाले ३८ रन बनाउँदा अभिषेक श्रेष्ठले २५ रन जोडे । सीबि कलेजका समिम हासमीले १ विकेट लिए ।