पूर्वाञ्चल खबर
नेकपा एमालेका नेता तथा प्रदेशसभा सदस्य शेरधन राईले अब वास्तविक रूपमा संघीयताको कार्यान्वयन भएको प्रतिक्रिया दिए । उनले अब जनताले आफूहरुमार्फत देशको समृद्धि र विकास खोज्ने उनको भनाइ थियो ।
पाँचथरका सांसद इन्द्र आङ्बोले ढिलोगरी सपथग्रहण गराइए पनि जनताको अपेक्षा अनुसार अब अगाडि बढ्नुपर्ने बताउँछन् । चुनाबमा जनतासामु गरेको प्रतिबद्धता अनुसार काम गर्ने उनको भनाइ थियो ।
मोरङका सांसद जीवन घिमिरेले १ नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । ‘लोकतान्त्रिक आन्दोलन टुंगिएको छ,’ घिमिरेले भने, ‘संघीयताको भावना अनुसार अब प्रदेशलाई समृद्ध बनाउने हाम्रो प्राथमिक काम हुनुपर्दछ ।’
मोरङकै सांसद यशोदा अधिकारीले संविधानको कार्यान्वयन, राजनीतिक स्थायीत्व र देशलाई आर्थिक समृद्धि तिर लानुपर्नेमा जोड दिइन् । उनले युवाहरुको विदेश पलायनलाई पनि रोक्नुपर्नेमा ध्यान जानुपर्ने बताए । सुनसरीको सांसद सरस्वती पोखरेलले संघीयतामा गएसँगै संविधान कार्यान्वय गर्ने र १ नम्बर प्रदेशको समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए ।
१ नम्बर प्रदेशमा ९३ जना सांसद छन् । एमालेका ५१, कांग्रेसका २१, माओवादी १६, संघीय समाजवादी फोरमका ३, राप्रपा र नेपाल लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना सांसद छन् ।