AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतिय विरामीको भरमा नेपालका आँखा अस्पताल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७४, शनिबार ०६:२६
3
Shares
विराटनगर, ६ माघ / नेपालका सयौं मानिस भरपर्दौ उपचारका लागि भन्दै भारतका विभिन्न सहरमा रहेको अस्पतालमा गएर उपचार गर्दछन्, तर आँखाको उपचारमा भने त्यसको ठीक उल्टो छ ।
विराटनगर आँखा अस्पतालमा उपचार गर्न पुर्जा लिन लाइनमा बसेका सेवाग्राही । जसमध्ये अधिकाशंक भारतिय नागरिक छन् ।

आँखाका उपचारका लागि सिमावर्ती क्षेत्रमा सञ्चालित अस्पतालमा नेपालीभन्दा भारतिय विरामीले भरिभराउ हुने गरेको छ ।

तराई क्षेत्रमा सञ्चालन भएको आँखा अस्पतालहरुमा उत्तरपूर्वी भारत, पश्चिम बंगाल, विहार, झारखण्डलगायत भारतका राज्यबाट आँखाको उपचारका लागि दिनहु आउने गरेका छन् । उनीहरुले नेपालीले पाउँने सुविधामै उपचार पाउने गरेका छन् ।
तराईका विभिन्न स्थानमा सञ्चालनमा आएको सुविधा सम्पन्न आँखा अस्पतालमा ७० प्रतिशत भारतिय विरामी आउने गरेको अस्पतालका सञ्चालकहरु बताउँछन् ।

विराटनगरमा रहेको विराट आँखा अस्पतालका प्रशासन प्रमुख राजेश प्रसाइ भन्छन्, ‘भारतिय बिरामीनै तराईका आँखा अस्पतालका लागि आर्थिक स्रोत हुन् । उनले भने, ‘नेपाली बिरामीबाट लिइने शुल्कले मात्र यत्रो आर्थिक व्ययभार थाम्न सकिदैन् ।’

विराटनगर महानगरपालिका क्षेत्रमा सञ्चालित चार वटा आँखा अस्पताहरु छन् । विराटनगर, विराट, गोल्छा, तापडिया आँखा अस्पताल सञ्चालन छन् । त्यस्तै झापामा काकरभिट्टा, विर्तामोर्डको मेची, लाहानको सगरमाथा चौधरी आँखा लगायतका अस्पतालमा पनि नेपाली भन्दा भारतिय विरामीहरुले भरिभराउ हुने गरेको छ ।

आँखाको उपचार राम्रो सेवा नेपालमा भएका कारण भारतिय बिरामी यसरी आर्कषित भएका छन् । भारतको फारबिगञ्जका ७० बर्षिय प्रवल सहनीले उपचारको लागि विराटनगर आँखा अस्पतालमा भेटिए ।

मोतिया बिन्दुका विरामी सहनीले भारतमा भन्दा नेपालमा राम्रो उपचारको हुने भएकोले आएको बताए । ‘यहाँ राम्रो उपचार हुन्छ त्यसैले आएको हु’ मोतियाबिन्दुका विरामी सहनीले भने, ‘भारतको आँखा अस्पतालमा भन्दा यहाँको अस्पतालमा सस्तो र राम्रोे उपचार हुन्छ भनेर धेरै विरामी आउँछन ।’

भारतको नानपाराका उलान यादवले मोतियाविन्दुको उपचारको लागि विराटनगरमा राम्रो उपचार हुने भएको सुनेर आएको बताउँछन् । यसरी उलान र प्रवल मात्र होइन विराटनगरमा रहेको आँखा अस्पतालमा अधिकाशं विरामी उपचारको लागि भारतबाटनै आउने गरेका छन् ।

विराटनगर आँखा अस्पतालमा ३ लाख ६० हजारको परिक्षण
विराटनगर आँखा अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथुका अनुसार अस्पतालमा दैनिक १२ सय हाराहारी आँखाको समस्या लिएर बिरामीहरु आउने गरेका छन् । ती मध्ये अधिकाशं भारतिय विरामी आउने गरेको उनले बताए । आर्थिक वर्ष ०७३/०७४ मा ३ लाख ६० हजार जनाको विराटनगर आँखा अस्पतामा आँखाको परीक्षण गरिएको अभिलेखमा देखिन्छ ।

जसमध्ये २ लाख १६ हजार भारतबाट आएका विरामीले उपचार गरेको पृथुले जानकारी दिए । ६७ हजार ५ सय जनाको आँखाको शल्यक्रिया भएको सवै भन्दा बढी मोतिया बिन्दुको समस्या भएको विरामी भएको उनले बताए । शल्यक्रियामा पनि ७० प्रशित भारतबाट आएको बिरामी कै भएको अस्पतालको भनाई छ ।

यस कारण आउँछन् भारतिय विरामी
नेपालमा सञ्चालित आँखा अस्पतालहरुमा गुणस्तरीय र भारतमा भन्दा सस्तोमा उपचार हुने भएकाले हजारौ भारतिय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् ।

भारतबाट आउने विरामी मध्ये अधिकांस आँखाको उपचारकालागि नेपालमा सञ्चालित अस्पतालहरुमा आउने गरेका छन् ।

खुल्ला नाका भएको कारणले गर्दा पनि उपचारमा गराउन भारतिय नागरिकलाई सहज हुने भएकोले नेपालमा विभिन्न स्थानमा रहेको आँखा अस्पतामा सेवा लिन आउने गरेको विराट आँखा अस्पताल प्रशासकीय अधिकृत राजेश प्रसाइ बताउँछन् ।

उनी भन्छन्, ‘बावु बाजेको पालादेखिकाले नेपालको आँखा अस्पतालमा उपचार गराएका हुन्छन् । उचार राम्रो पनि हुन्छ ।’ बाजेको उपचार राम्रो भएपछि बावु र छोरा नातीहरु पनि नेपालकै आँखा अस्पतालमा आएर उपचार गर्न आएका हुन्,’ उनले भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर