RUMPUM
animated ellipse animated ellipse

मिरगञ्ज पूल नबन्दा नेपालीलाई सास्ती, बनाउन भारतको आलटाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७४, शुक्रबार ०६:५८
3
Shares
मीरगञ्जको पुरानो पुल
विनु तिम्सीना
विराटनगर, ५ माघ÷गत साउनको अन्तिम साता आएको बाढीका कारण क्षति ग्रस्त भएको सीमावर्ती बजार जोगबनी छेउको मिरगञ्ज खोलाको पुल अहिलेसम्म मर्मत भएको छैन ।

गत कात्तिकमा विराटनगर आएका भारतीय राजदूतावासका डेपुटी चिफ मिसन डा.अजयकुमारले छिटो भन्दा छिटो पुलको मर्मत गरि सुचारु गर्ने बताएपनि अझै पुल पूर्ण क्षमतामा संचालनमा आउन सकेको छैन ।

गत कात्तिक १९ गते भारतीय राजदूतावासका डेपुटी चिफ मिसन डा. अजयकुमारले क्षतिग्रस्त पुल निर्माणका लागि तत्काल काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आफू मीरगञ्जको पुलकै बारेमा बुझ्न विराटनगर आएको बताउँदै उनले पुलका प्रत्येक दुई खम्बाका बिचमा अर्को बलियो खाँबो हालेर यसलाई अझ मजबुत बनाइने र ३ महिनाभित्रमा पहिलेकै अवस्थामा ल्याइने आश्वासन दिएका थिए । तर अझैसम्म पुल पुर्ण क्षमतामा संचालनमा आउन सकेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहोराले रिरुटका कारण बढेको ढुवानी भाडा र अन्य समस्याबाट पूर्वका व्यवसायीले पाँच अर्बभन्दा बढीको घाटा ब्यहोरिसकेको बताए । सरकारले कुटनीतिक पहल गरेर पुल मर्मतको पहल नगरेको उनको गुनासो छ ।

पुलमुनि १६ वटा फलामे खँम्बा राख्ने र पुलमाथिको भागमा पनि बलिया फलामे पाता र सामग्री जडान गरेर पुलको मर्मत गर्ने कार्य अहिले भइरहेको छ । ‘फलामको उक्त पुलमा अहिले पाइलिङ थप्ने काम भइरहेका छ, पुलमर्मत हुन अझै दुइ तिन महिना त लाग्छ,’ बोहोराले भने ‘यसको वैकल्पीक बाटोको लागि नेपाल सरकार गम्भीर भएर भारतिय सरकारसंग पहल नर्ग जरुरी छ ।’

वाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरेले आफुहरुले पुल मर्मत र संचालनका लागि पहल गरिरहेको बताए । ‘उहाँहरुले दिनुभएको जानकारी अनुसार हामि यसलाइ एक देखि दुइ महिनाको भित्रमा यसलाइ ४० मेट्रीक्टनको क्षमतामा बृद्धि गर्ने र सुचारु गर्ने छौं ।’ घिमिरेले भने ‘हामिले उहाहरुलाइ एक महिनाको समयलाइ पनि अझ छोट्याउन र जतिसक्दो चाडो पुल संचालन गर्न आग्रह गरेका छौ ।’

विराटनगर नाकाबाट आयात गरिने सामान पुलको समस्याका कारण रि–रुट गरेर भीमनगर–कोशी ब्यारेज नाका हुँदै ल्याइँदै छ । यसका कारण कोलकाताका ढुवानी व्यवसायीले भाडा दर दोब्बर बढाएको र एक कन्टेनरमा २ लाखभन्दा बढीको खर्च बढेको गुनासो व्यवसायीको छ ।

प्रहरीको स्कर्टिङ गरेर मात्र भन्टाबारीदेखि विराटनगर नाकासम्म मालवाहक साधन ल्याइन्छ । सामान जाँचपासका प्रक्रिया पु¥याउन विराटनगर भन्सारका आधा दर्जन कर्मचारी हरेक दिन भन्टाबारी धाइरहेका छन् ।

आयात खर्च अचाक्ली बढेपछि व्यवसायीले विराटनगर नाका छाडेर काँकडभिट्टा र भैरहवा नाका समाउन थालेका छन् । यसका कारण विराटनगर भन्सारमा गरिने राजस्व सङ्कलन प्रभावित भएको कार्यालयले जनाएको छ ।

बाटो बन्दको प्रभाव ‘राजस्व संकलनमा कमी ’

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले यो अवधिमा १४ अर्ब ३७ करोड २६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यका तुलनामा ९६ प्रतिशतमात्र प्रगति हासिल भएको कार्यालयले जनाएको छ ।

कार्यालयले १३ अर्ब साढे ८३ करोड संकलन भएको जनाएको छ । बाढीका कारण साउन र भदौ महिनामा लक्ष्य हासिल नभएपछि त्यसको असर अद्र्धवार्षिक लक्ष्यमा परेको कार्यालय प्रमुख मिमांस अधिकारीले बताए ।

गत मङ्सिर महिनादेखि जोगबनी नाकाबाट २० मेट्रिक टन सम्मको मात्र ढुवानी सुरु भएको छ । जोगबनी नाकाबाट सानो परिमाणका लोकल पैठारीका मालसामान र पेट्रोलियम पदार्थमात्र आयात भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर