खबर पूर्वाञ्चल
विराटनगरमा आइतबार विहान ट्राफिक सचेतनामुलक प्रभातफेरी निकालेको हो ।
विराटनगरको बसपार्कबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरी सोहीठाउँमा आएर सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक नियमको पालना गरेर सवारी चलाए केही हदसम्म दुर्घटनामा कमी आउने बताए । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि सबैको साथ सहयोगको खाँचो रहेको उनले बताए ।
¥यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी, बिभिन्न गैह्र सरकारी सघं संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, यातायात मजदुर , स्थानिय बुद्धिजिवी, भद्र भलादमी, विद्यार्थीहरु लगायतको उपस्थितिमा भएको ट्राफिक सचेतना मुलक कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धि पर्चा पम्प्लेटहरु बितरण गरी चाडपर्व लक्षित तथा ट्राफिक सचेतनामुलक जिङ्गलहरु प्रसारण गरिएको थियो ।