११ मंसिर ,विराटनगर/ विराटनगर – १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकण्डरी बोर्डिङ स्कूलमा कल्चर तथा फेन्सी ड्रेस प्रतियोगिताको अडिसन सम्पन्न भएको छ ।
जातिय पहिरनको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको अडिसनबाट फाइनलको लागि ४० जना छनौट भएका छन् । कल्चर २० र फेन्सी ड्रेसमा २० जना छनौट भएको स्कूलको प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको फाइनल आउँदो शुक्रबार स्कुलको प्रङगणमा हुनेछ ।