RUMPUM
animated ellipse animated ellipse

लिक तयार हुदै, इन्जिन किने यसैबर्ष नेपालमा रेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७४, मंगलवार ०८:३०
3
Shares
जनकपुर । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर जयनगर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनभिज्ञ छ। सरकारले रेलको इन्जिन खरिद गरे अबको एक वर्षभित्र नेपालमा रेल गुड्ने रेल विभागको दावी छ। तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिनको खरिदको विषयमा छलफलसमेत हुन सकेको छैन।

झण्डै चार वर्षदेखि बन्द जनकपुर जयगर रेलमार्गको ३४ किलोमिटरको निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागले जनाएको छ। २६ भदौ २०७० मा जनकपुरबाट जयनगरतर्फ आउँदै गर्दा धनुषाको बहुवा ४ मा दुर्घटना भएपछि सो रुटको रेल सेवा अनिश्चितकालका लागि बन्द भएको थियो। सोही रुटमा अहिले भारत सरकारको सहयोगमा लिक पुनर्निर्माण कार्य चलिरहेको छ।

केही दिनअघि सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले लिक निर्माण कार्य अन्तिम अवस्थामा पुगेको भए पनि अहिलेसम्म रेलको इन्जिन खरिद प्रक्रिया सुरु नभएको भन्दै खरिद प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए। मन्त्री बलायरले अहिले खरिद प्रक्रिया सुरु गर्ने हो भने यसको लिक तयार हुने समयसम्म नेपालमा रेल आइपुग्ने भन्दै पक्रिया सुरु गर्न निर्देशन दिएका थिए।
यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर