RUMPUM
animated ellipse animated ellipse

जोगबनीको सडकमा दनकियो आगो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ पुष २०७४, बिहीबार ११:४२
3
Shares
विराटनगर, ६ पुस/  लालु यादव नेतृत्वको राष्ट्रिय जनता दलले बालुवा–गिट्टी संकटको विरुद्धमा बिहारमा बिहीबार बन्द आव्हान गरिएको छ ।बन्दका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।

बिहानै देखि जनता दलका कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय जनता दलका कार्यकर्ताले जोगवनीमा आज विहानै सडकमा टायर बाली पसलहरु बन्द गराएका छन् । कतिपय ठाउँमा प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पारेको छ । जनता दलका कार्यकर्ताले प्रदर्शनका क्रममा लालु यादवको पक्षमा र नितिशकुमारको विरुद्धमा नाराबाजी गरेका छन् । बन्दको कारण बिहारको रेलसेवा पनि बन्द भएको बताइएको छ । बिहार बन्दको कारण जोगबनीबाट सवारी साधन आवतजावत अवरुद्ध हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर