RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड कलेज बिराटनगरमा “एस्पायर २०१७” इभेन्ट हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ मंसिर २०७४, बुधबार १५:१२
3
Shares
बिराटनगर, २७ मंसिर / बेलायतको १ सय ८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा “एस्पायर २०१७” इभेन्ट हुने भएको छ ।

पुस ३ गते देखि पुस ९ गते सम्म कलेजका बिद्यार्थीका लागि ६ वटा बिभिन्न म्यानेजमेन्ट इभेन्ट हुने भएको हो ।

एस्पायर २०१७” अन्तर्गत बिजनेस हसल , ब्रान्ड स्न्याप , बिज(बज , मास्टर इन फेलियर , आइडियाज टु दि वर्ल्ड र क्रिश्मस डे हुन लागेको कलेजले जनाएको छ ।

कार्यक्रममा बिद्यार्थीहरुले म्यानेजमेन्ट कुइज , बिज्ञापन उत्पादन ,नयाँ उद्यमी बन्न बिभिन्न प्लान लगायतका प्रस्तुतिहरु दिनु पर्ने छ । बिद्यार्थीले सिद्धान्तिक रुपमा पढेको कुरालाई व्यवहारमा उतार्न सिकुन भन्ने उदेश्य सहित उक्त कार्यक्रम हुन लागेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर