RUMPUM
animated ellipse animated ellipse

पूर्व लडाकुसँग पूर्व डिआइजी पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ मंसिर २०७४, आईतवार १६:३३
3
Shares
विराटनगर, २४ मंसिर/ ललितपूर १ मा पूर्व डिआईजी नवराज सिलवाल बिजयी भएपनि मोरङबाट निर्वाचन लडेका पूर्व डिआइजी भक्तिनाथ माझी पराजित भएका छन ।

मोरङको क्षेत्र नं ४ प्रदेश सभा १ मा पूर्व लडाकुसँग पूर्व डिआइजी भक्तिनाथ माझी पराजित भएका हुन । थारु बाहुल्य क्षेत्रमा पूर्व डिआइजी भक्तिनाथ माझीलाई पराजित गर्ने विजय विश्वास पूर्व लडाकु हुन् ।

नेपाल प्रहरीको डिआइजी पदबाट अवकास पाएपछि राजनीतिमा होमिएका माझी विजयकुमार गच्छदारका आफ्न्त हुन् । गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा सकृय भएका भक्तिनाथ गच्छदारको पार्टी कांग्रेसमा विलय हुन अघि पार्टीको जिल्ला अध्यक्ष थिए ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस नेता महेश आचार्यसँग पराजित भएका भक्ती चार बर्षपछि मंसिर २१ गते कांग्रेसबाट प्रदेश सभा सदस्यमा उठेका थिए । थारु बाहुल्य क्षेत्रमा पर्ने क्षेत्र नं ४ ९१० बाट विजय विश्वाससँग प्रतिस्पर्धा गर्दा तीन हजार ६६ मतान्तरले पराजित भएका हुन् ।

विश्वासले १८ हजार २ सय ८९ मत प्राप्त गर्दा कांग्रेसबाट प्रतिस्पर्धामा उत्रिएका माझीले १५ हजार २ सय २३ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर