AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्षेत्रमा थालेको काम पूरा गर्छु–अर्याल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७४, शनिबार ०८:०२
3
Shares
विराटनगर/नेपाली कांग्रेसका केन्द्रीय सदस्यएवं मोरङ क्षेत्रनम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार अमृत अर्यालले आफूले सुरु गरेको कामलाई पूर्णता दिन कांग्रेसकातर्फबाट पुनःउम्मेदवार बनेको बताए ।

विराटनगरस्थित हटताली हाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अर्यालले आफूले चार वर्षे कार्यकालमा मोरङ क्षेत्र नम्बर ५ मा ६० करोड रुपैयाँ भन्दा बढीको विकासको काम गरेको बताए । उनले ४ वटा पक्की पुल बनाउनुका साथै सरकारकातर्फबाट एक चप्परी माटो नलगाएको स्थानमा पनि आफूले पिच सडक बनाएको उल्लेख गरे ।

अर्यालले नेकपा एमाले र माओवादी केन्द्रको वामगठबन्धन मुलुक र लोकतन्त्रको हितमा नभएको दाबी समेत गरे । उनले वामगठबन्धन पहाड र मधेसको सम्बन्धलाई बिगार्ने उद्देश्यका साथ भएको चर्चा गरे ।

कार्यक्रममा समानुपातिक उम्मेदवार फूलकुमार लालवानी, प्रदेशसभाकाउम्मेदवार राजेश गुप्ता, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, टे«ड युनियन नेता लक्ष्मणबहादुर बस्नेत, कांग्रेस नेता हसन अन्सारी, नेविसंघका सहमहामन्त्री कृष्ण कार्की, टे«ड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशिल कोइरालालगायतले लोकतन्त्रलाई बलियो बनाउन र मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर