कटुवा पेस्तोलसहित जनकपुरबाट एक जना पक्राउ

खबर पूर्वाञ्चल, १२ असार २०७७, शुक्रबार १६:२२

जनकपुर / प्रदेश २ को राजधानी जनकपुरबाट एक जना युवक कटुवा पेस्तोलसहित पक्राउ परेका छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ बाउन बिगाहाबाट जनकनन्दिनी गाउँपालिका वडा नं. १ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा बस्ने १७ वर्षीय श्याम सहनीलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोल बेच्न आउने क्रममा प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आवश्यक अनुसन्धान थालेको धनुषा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५