AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ मा विवेकशिल साझाका उम्मेदवार मोडलदेखि कृषक सम्म

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ कार्तिक २०७४, मंगलवार २०:३०
54
Shares
विराटनगर २१ कार्तिक । विवेकशिल साझा पार्टीले मोरंगमा मोडलदेखि शिक्षक ,कृषक र होटल व्यवसायमा आवद्ध युवालाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभामा तीन गरि जम्मा चार स्थानमा उम्मेदबारी दिएको बिबेकशिलले मोरङमा चर्चित मोडल अमलेश कर्ण , कृषक सरोज नेपाल , शिक्षक रमेश बिष्ट र होटल व्यवसायी गणेश बिष्टलाई उम्मेदवार बनाएको हो ।

विवेकशिल साझाले मोरङको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ एक जना ६ नम्बरमा प्रदेश सभातर्फ २ जना र एक नम्बर क्षेत्रमा प्रदेश सभातर्फ एक जनालाई उम्मेदबार बनाएको छ ।
४ नम्बर क्षेत्रमा प्रतिनिधि सभातर्फ चर्चित मोडल अमलेश कर्ण उम्मेदबार बनेका छन । उनी बिराटनगर १० निवासी हुन् । उपभोक्त्ता अधिकारबादी संँस्था पव्लिक फोरममा समेत आवद्ध कर्ण लामो समयदेखि मोडलिंङ गर्दै आएका छन् । कर्ण बिज्ञानपन क्षेत्रमा पनि संलग्न छन् । आफनो टोलको विकास र अन्य बिभिन्न समाजिक कार्यमा पनि उनले सहभागीता जनाउदै आएका छन् । उनले स्थानिय तहको निर्वाचनमा बिराटनगर महानगरपालिका १० नम्बर वडाबाट स्वतन्त्रबाट उम्मेदबारी दिएका थिए ।

यसैगरि मोरङ ६ नम्बर क्षेत्रमा प्रदेशसभा क बाट उम्मेदबार बनेका यूवा सरोज नेपाल च्याउ खेतीमा आवद्ध रहेका छन् । चार बर्षदेखि च्याउ खेतीमा संलग्न नेपालले सुन्दरपुर नगरपालिकामा उद्योग खोलेर च्याउको बिउ उत्पादन गर्दै आएका छन् । दैनिक एक हजार पोका च्याउको बिउ उत्पादन गर्दै आएको उनको नेपाल च्याउ उद्योगले काठमाण्डौ , भक्त्तपुर , ललितपुरलगायतका जिल्लामा च्याउको बिउ पुरयाउदै आएको छ ।

भारतबाट आयात गरिएको च्याउ नियन्त्रण गर्नु पर्छ र आफैले बिउ उत्पादन गरेर प्रयोग गर्नु पर्छ भन्ने अभियानमा यूवा कृषक नेपाल सक्रृय छन् । मोरङको बुढीगंगा गाउँपाकिाल ७ मा पनि उनको च्याउ उद्योग छ । १२ कक्षा उत्तीर्ण नेपालले च्याउ खेतीमा गरेको योगदानको कदरगर्दै जिल्ला यूवा परिषदले उत्कृष्ट यूवा उद्यमी भनेर पुरस्कृत पनि गरिसकेको छ ।

यसैगरि ६ नम्बर क्षेत्रबाट प्रदेशसभा ख मा उम्मेदबार बनेका गणेश बिष्ट होटल मेनेजमेन्टका बिज्ञ हुन् । बिराटनगर ७ स्थित हाटखोला निवासी उनले त्यही चर्चित दिव्यरत्न होटल सञ्चालन गर्दै आएका छन् । साइप्रसबाट होटल मेनेजमेन्टमा स्नातक गरेका बस्नेतले स्वदेश फर्केपछि ८ बर्ष अघि आफनै घरमा नयाँ सोच सहित होटल सञ्चालन गरेका थिए । उनले सञ्चालन गरेको होटल बिराटनगरमा बिभिन्न स्वादिलो खानाका परिकारकालागि प्रसिद्ध छ ।
यसैगरि १ नम्बर क्षेत्रको प्रदेश क को उम्मेदबार बनेका यूवा रमेश बिष्ट पेशाले शिक्षक हुन् ।

आर्थिक संबृद्धिकालागि सबै यूवाहरु उत्पादनमुलक पेशामा आवद्ध हुनुपर्छ र बेकारको राजनीतिमा भुलिनु हुदैन भन्ने बिबेकशिल साझा पार्टीको धारणा आफुहरुलाई मन परेकोले आफुहरु उम्मेदवार बनेको उनीहरु बताउँछन । राजनीति चलायमान हुनुपर्छ अनि मात्र नयाँ सोच आउँछ भन्ने बिबेकशिल साझाले देशभरका १ सय ५८ स्थानमा पेशा व्यवसायमा सक्रृय सफल यूवाहरुलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर