३ मंसिर, उर्लाबारी / मोरङको उर्लाबारी – ६ मंगलबारेमा आजबाट पूर्वाञ्चल स्तरीय प्रथम उर्लाबारी मंगलबारे ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक राजकुमार राईले प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
आज पहिलो चरणका सबै खेलहरु सकिएका छन् । १७ वटा टिमहरुको सहभागीता रहेको सो प्रतियोगिताको क्वाटर फाइनल खेलमा आठ वटा टिम प्रवेश गरेका छन् । आयोजक समितिका कोषाध्यक्ष कृष्ण गिरीका अनुसार मधुमल्लाका जेवी राई र किशोर राना,बेलबारीका विकास श्रेष्ठ र निरोज गुरागाँई,झापाका विशन राई र सन्तोष राई,दमकका सोम तामाङ र विष्णु अधिकारी,एपिएफ पाथीभरा गण झापाका नूनू चौधरी लगायत अन्य दुई टिम क्वाटर फाइनल खेलमा प्रवेश गरेका छन् ।
शनिबार विहान क्वाटर फाइनल तथा सेमिफाइनल खेल हुन भएको छ । दिउँसो दुई बजे फाइनल खेल हुने आयोजक समितिका संयोजक एवं उर्लाबारी–मंगलबारे ब्याडमिन्टन क्लबका अध्यक्ष अर्जुन तुम्रोकले जानकारी दिए ।
प्रतियोगितामा नेपाल आर्मी,सशस्त्र प्रहरी,नेपाल पुलिसका व्यवासयिक ब्याडमिन्टन खेलाडीहरुले समेत सहभागिता जनाएका छन् । प्रतियोगिताको विजयी हुने टिमले नगद १५ हजार सहित ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।