RUMPUM
animated ellipse animated ellipse

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०८३, शनिबार १८:५०
36
Shares
काठमाडौं / दिलिप नाथ र अली शेखको आक्रामक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० रन , निरोशन डिकवेलाले २८ रन, अली शेखले २४ रन र डार्सी सर्टले २१ रन जोडे । सन्दीप जोरा ४ रनमा आउट भए भने आसिफ शेख १ रनमै पवेलियन फर्किए ।

दिलिप र अलीले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे । दिलिपले ३१ बलमा ३ छक्का प्रहार गरे भने अलीले १२ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । थरिन्दु रत्नायके, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर