AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खबर पूर्वाञ्चल अनलाइन ११ औं वर्षमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०८३, शुक्रबार ०९:०६
3
Shares
विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरबाट खबर पूर्वाञ्चल मिडिया प्रा.ली बाट सञ्चालित खबर पूर्वाञ्चल अनलाइनले गौरवमय १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको यस ऐतिहासिक अवसरमा हाम्रो समस्त पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरुमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौं ।

२०७२ साल बुद्ध जयन्तीको अवसरमा विराटनगरबाट पुष्पराज थपलिया, हरि अधिकारी र अनिल श्रेष्ठले सुरु गरेको खबर पूर्वाञ्चलको यात्रा आज ११ वर्ष पूरा भएको छ । त्यो बेला डिजिटल पत्रकारिता भर्खरै फस्टाउँदै थियो । छापा पत्रिकाको वर्चस्व रहेको समयमा अनलाइन माध्यमबाट पूर्वाञ्चलका आवाजलाई देश–विदेशसम्म पुर्याउने जुन सपना तपाईंहरूले देख्नुभयो, आज त्यो सपना यथार्थमा परिणत भएको छ ।

सुरुवाती दिनहरू पक्कै सहज थिएनन । सीमित स्रोत–साधन, प्राविधिक जनशक्ति अभाव, पाठकको विश्वास जित्ने चुनौती, र आर्थिक स्थायित्वको संघर्ष । तर यी सबै बाधा–अड्चनलाई चिर्दै खबर पूर्वाञ्चलले आफूलाई एक भरपर्दो, निष्पक्ष र जनमुखी डिजिटल मिडियाको रुपमा स्थापित गरेको छ ।

खबर पूर्वाञ्चलले यसअवधि भित्रमा समाचार सम्प्रेषण मात्र गरेको छैन । कोशी प्रदेशका कुना–काप्चामा दबिएका आवाजलाई उजागर गरेको छ । शिक्षा र स्वास्थ्यका सवालहरु, किसानका समस्या, मजदुरका पीडा, युवाका सपना, महिला हिंसाका घटना, विकास निर्माणका अनियमितता, र सुशासनका मुद्दालाई प्राथमिकताका साथ उठाएको छ ।

कोशी प्रदेशको खेलकुद, शिक्षा र स्वास्थ्यको अवस्थादेखि प्रदेश सरकार होस् वा प्रदेश सभाका गतिविधि । स्थानीय तहको बजेट दुरुपयोग, व्यापारिक मुद्दामा हामी सँधै अग्रपंक्तिमा छौं । कोभिड–१९ महामारीको कठिन समयमा पनि खबर पूर्वाञ्चलले खेलेको भूमिका अविस्मरणीय छ ।

आजको युग सूचना प्रविधिको युग हो । पाठकको हात–हातमा मोबाइल पुगेको छ । यस्तो अवस्थामा छिटो, छरितो र विश्वसनीय समाचार दिनु ठूलो चुनौती हो । खबर पूर्वाञ्चलले यो चुनौतीलाई अवसरमा बदल्यो ।

सामाजिक सञ्जालको प्रभावकारी प्रयोगदेखि मोबाइल–फ्रेन्ड्ली वेबसाइट – हरेक क्षेत्रमा तपाईंहरूले आफूलाई अपडेट राख्नुभयो । यो नै ११ वर्षको मिहिनेतको प्रमाण हो।

पाठकको विश्वास जित्नु नै मिडियाको सबैभन्दा ठूलो सम्पत्ति हो। क्लिकबेट हेडलाइन र सनसनीपूर्ण समाचारको होडबाजीमा नलागी तथ्यमा आधारित, सन्तुलित र मर्यादित पत्रकारितामा हामी छौं ।

गौरवमय १० वर्ष विताएको खवर पूर्वाञ्चलसहित देशभर सञ्चालित अनलाईन तथा निजी सञ्चार माध्यमहरुलाई सरकारको गतिविधिले संकुचित पार्ने कार्य भईरहेको हामीले अनुभूती गरेका छौं । गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिपत्रले अहिले निजी सञ्चार माध्यम प्रभावित भएका छन् । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने सरकारको विभेदकारी निर्णयले हामीलाईपनि पक्कै असर गर्ने छ ।

खवर पूर्वाञ्चल अहिलेको अवस्थामा आईपुग्न हाम्रा समस्त पाठक तथा विज्ञापनदाता र शुभेच्छुकहरुको अटुट माया हामीले पाएका छौं । यही मायाले आगामी दिनमा थप उचाइ प्राप्त गर्ने छौं । १० वर्षको अनुभवपछि अब खबर पूर्वाञ्चल ‘किशोरावस्था’ पार गरेर ‘युवा अवस्था’मा प्रवेश गरेको छ। अबको यात्रा अझ परिपक्व र जिम्मेवार रहने पनि यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौं ।

अन्त्यमा, खबर पूर्वाञ्चलका संस्थापक, सम्पादक, समाचारदाता, प्राविधिक टिम सहित सम्पूर्ण परिवारलाई पुन : ११ औं वार्षिकोत्सवको हार्दिक मंगलमय शुभकामना ।  जय खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर