AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्ड कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०८२, बुधबार १८:०८
90
Shares
विराटनगर / ३८ औं संस्करणको विराट गोल्ड कप फूटवल–२०८२ प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको छ ।

आयोजक विराट गोल्डकप ट्रष्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रतियोगिता आउँदो चैत २८ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म विराटनगरको सहिदमैदान दिवारात्रीकालिन समयमा फ्लड लाईटमा हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।

प्रतियोेगितामा नेपाल र भारतका गरी आठ वटा टीमहरुको सहभागिता हुने छ ।
‘फुटवलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप’ नाराका साथ आयोजना हुने प्रतियोगितामा आयोजकको , सम्राट स्पोटिङ क्लव विराटनगर, तीन विभागिय टोली नेपाल पुलिस क्लव, काठमाण्डौ, त्रिभुवन आर्मी फुटवल क्लव काठमाण्डौ र नेपाल एपिएफ फुटवल क्लव काठमाण्डौसहित मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ, चर्च ब्वाइज फुटवल क्लव काठमाण्डौ, झापा –११ फुटवल क्लव, झापा र भारत झारखण्डको विर्षा मुण्डा फुटवल एकेडेमी रहेका छन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कष्ट गोल रक्षकलाई १५ हजार, सर्वााधिक गोलकर्तालाई १५ हजार,सर्वोकृष्ट खेलाडीलाई ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार प्रधान गरिने आयोजकले जनाएको छ ।

ट्रष्टका महासचिव विनेश बस्नेतले रंगशाला व्यवस्थापन, ब्यानर, होर्डिङ बोर्ड तथा गेट निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।
प्रतियोगिताको टिकट दर क्वाटर फाइनलसम्म १ सय, सेमिफाइनल २ सय र फाइनलका ३ सय राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर