खबर पूर्वाञ्चल
प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीन दिने तालीमको उद्घाटन गर्दै उनले प्रविधिको प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनिय जानकारी दिनु पर्ने आवश्यक्ता रहेका बताए ।
मुख्यमन्त्री कार्कीले जनतालाई अपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढंगले जानकारी दिन निर्देशन दिए । उनले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐन नियम, कानून तथा बजेटको कमी हुन दिने प्रतिवद्धता व्यक्त्त गरे । मुख्यमन्त्री कार्कीले अपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला र प्राडा हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभुति गराउनपर्ने आवश्यक्ता औल्याउँदै अपराधिक कार्यको अनुसन्धानमा बैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेशस्तरीय उक्त्त तालीममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया