पूर्वाञ्चल खबर
महासंघ कोशी प्रदेशको आठैँ प्रदेश सभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्दै उनले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोत एवं साधानको अधिकृत उपयोग गरी मुलुकमा आर्थिक समृद्धि ल्याउने दावी गरे ।
अध्यक्ष ढकालले मुलुकमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको नीजि क्षेत्रप्रति वर्तमान सरकारको दृष्टिकोणमा परिवर्तन भएको जानकारी गराए।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले नीजि क्षेत्रमैत्री कानुन निर्माण गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउनु पर्ने सुझाव दिए।
महासंघका कोशी अध्यक्ष राजेन्द्रबहादुर राउतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिँदै प्रदेशमा कृषि, जल विद्युत र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको यसमा लगानी गर्न उद्योगी एवं व्यवसायीहरुलाई आग्रह गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ , लुम्विनी अध्यक्ष कृष्ण शर्मा, हेमराज ढकाल लगायतले सरकारले व्यवसायीक वातावरण निर्माण गरेमा विदेशी तथा स्वदेशी लगानी आउने धारणा राखे।