AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्ड कलेजका विद्यार्थीद्वारा ‘जैविक रूपान्तरण’ सम्बन्धी पोस्टर प्रस्तुति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०८२, आईतवार १८:३६
108
Shares
विराटनगर / विराटनगरस्थित ग्रिनल्याण्ड कलेजको विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले ‘जैविक रूपान्तरण’ सम्बन्धी पोस्टर प्रदर्शनी तथा प्रस्तुति कार्यक्रम आयोजना गरेका छन्।

आज कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफूले कक्षामा सिकेको सैद्धान्तिक ज्ञानलाई पोस्टरमार्फत व्यवहारमा उतारेका हुन्।

कलेजको केमिस्ट्री विभागका प्रमुख पवन साहका अनुसार कक्षा १२ का विद्यार्थीहरूलाई ११ वटा समूहमा विभाजन गरी प्रतियोगितामा सहभागी गराइएको थियो। प्रत्येक समूहमा १० देखि १५ जना विद्यार्थीहरू रहेका थिए। विद्यार्थीहरूले विज्ञानका जटिल विषयहरूलाई सरल र सिर्जनात्मक ढंगले पोस्टरमा प्रस्तुत गरेका थिए।

बोर्ड परीक्षामा अर्गानिक रियाक्सनबाट करिव ६० प्रतिशत प्रश्नहरु आउने गरेको उनले बताए । साहले भने,‘ एउटा औषधीबाट अर्को औषधीमा कसरी रुपान्तरण गर्ने, एउटा विषादीबाट अर्कोमा कसरी रुपान्तरण गर्ने , औषधीहरु कसरी बनाईन्छ भन्ने कुरा विद्यार्थीले सिकेका छन् ।’ आधुनिक प्रविधिहरुमा रसायनको प्रयोग हुने गरेको छ । यसको प्रयोगबारे पनि विद्यार्थीले प्रस्तुती दिएको निर्देशक साहले बताए ।

प्रस्तुतिका आधारमा उत्कृष्ट समूहहरूलाई पुरस्कृत समेत गरिएको कलेजका प्रिन्सिपल दिनेश कुमार दाहालले जानकारी दिए। प्रतियोगितामा समूह ११ प्रथम, समूह ३ द्वितीय र समूह ५ तृतीय भएका छन्। विजयी समूहहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको निर्णायकमा महेन्द्र मोरङ क्याम्पसका सह–प्राध्यापक शिवकुमार यादव र डा. सुजितकुमार साह रहेका थिए।

ग्रीनल्याण्ड कलेजले पहिलो पटक आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी भएको पाईएको प्रिन्सिपल दिनेश दाहालले बताए। उनले विद्यार्थीको सिकाइलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक बनाउन यस्ता कार्यक्रम आयोजना गरिएको बताए। ‘हाम्रो लक्ष्य विद्यार्थीहरूलाई व्यवहारिक रूपमा दक्ष बनाएर अगाडि बढाउनु हो,’ उनले भने, ‘यस्ता सिर्जनात्मक क्रियाकलापले विद्यार्थीको आत्मविश्वास र बुझाइमा ठूलो सहयोग पुग्छ।’

११ वटा समूहमा विद्यार्थीले प्रस्तुती दिएको पिन्सीपल दाहालले बताए। प्रस्तुतीबाट उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार पनि दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर