पूर्वाञ्चल खबर
नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएको कारण पराजुलीमाथि अमानवीय तवरले गालीगलौजसहित बलात्कारको धम्की दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक बताउने समूहले आफूमाथि गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनेमाथि कार्वाहीको माग गर्दै उजुरी दिएकी हुन् । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको सयौं धम्की आएको पीडितको भनाइ छ ।
आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भन्दै पराजुलीले
आफूमाथि लगातार नकारात्मक गालीगलौज गरिएको बताएकी छन् । ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालको कमेन्ट बक्समा गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छु’ उनले भनिन्, ‘आफूले कुनै गलत काम नगरेकोले डराएको छैन, परिवारको पनि मलाई साथ छ ।’
अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसलगत्तै उनीमाथि अमानवीय तवरले गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।