खबर पूर्वाञ्चल

टस जितिर ब्याटिङ गरेको सुन्सरीले निर्धारित ५० ओभरको खेलमा ३४ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय २ रनमा सिमित भयो । सुनसरीका आशिष मण्डल २५ रन बनाउँदा रोशन घिमिरेले १६ रन, अफान ताहिरले १३ रन र आकाश सर्राफले १० रनको योगदान दिए । मोरङका कृष शर्माले ९ दशमलव ४ बलमा १ मेडन राख्दै ४९ रन दिएर ५ विकेट लिँदा कृतिक कामतले ३ विकेट तथा महबुव इराकी र अमर यादवले १–१ विकेट लिए ।
जवाफमा १ सय ३ रनको झिनो लक्ष्य पाएको मोरङ २३ दशमलव २ बलमा सवै विकेट गुमाई मात्र ८१ रनमा अलआउट भयो । मोरङका अटल साहले अविजित २२ रन बनाउँदा आइन्सटाइन रिजालले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन । सुनसरीका प्लेयर अफ म्याच कविराज खत्रीले १० ओभरमा २ मेडन राख्दै ४७ रन दिएर ५ विकेट लिँदा रविन मण्डलले ३ विकेट लिए ।
खेल ५० ओभरमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएका छ ।