खबर पूर्वाञ्चल

दुई दिनसम्म चलेको कार्यक्रमको पहिलो दिन शनिबार कक्षा ७ सम्मका विद्यार्थीले लोक संस्कृति, राष्ट्रियता झल्काउने, आधुनिक तथा विदेशी गीतसंगीतमा आकर्षक नृत्य प्रस्तुत गरे ।
पहिलो दिनको कार्यक्रमको उद्घाटन विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले गरेका थिए । दोस्रोे दिनको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरे ।आइतबार कक्षा ७ देखि १२ सम्मका विद्यार्थीको विविध प्रस्तुति गरेका थिए ।
विराटनगर महानगरपालिकाका मेयर कोइरालाले शिक्षा क्षेत्रमा नैतिकता, सीप र आधुनिक प्रविधिको सन्तुलन अपरिहार्य रहेको बताएका छन् । उनले ज्ञानलाई नैतिकतासँग जोड्न नसके शिक्षा प्रमाणपत्रमै सीमित हुने धारणा व्यक्त गरे ।
मेयर कोइरालाले चार दशकभन्दा बढी समयदेखि विकेभिएम स्कुलले समाज निर्माणमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यालय केवल अध्ययन–अध्यापनको केन्द्र मात्र नभई संस्कार, अनुशासन र सामाजिक जिम्मेवारी विकास गर्ने थलो बनेको बताए । ‘विकेभिएम आज विद्यालयको नाम मात्र होइन, अभिभावक र समाजको विश्वासको प्रतीक बनेको छ,’ उनले भने ।
उनका अनुसार विराटनगर अहिले उद्योग र व्यापारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत सशक्त पहिचान बनाउँदै अगाडि बढिरहेको छ । गुणस्तरीय विद्यालय, कलेज, प्राविधिक शिक्षालयदेखि मेडिकल कलेज र आधुनिक अस्पतालको विस्तारले विराटनगरलाई पूर्वी नेपालको शैक्षिक तथा बौद्धिक केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुगेको उनले उल्लेख गरे । यस यात्रामा विकेभिएमजस्ता संस्थाहरूले मेरुदण्डको भूमिका खेलेको उनको भनाइ थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन दाहालले गुणस्तरीय शिक्षा र अनुशासन तथा नैतिकतालाई विद्यालयले सधैं प्राथमिकतामा राखेको बताए । उनले विकेभिएमबाट उत्पादिन जनशक्ति स्वदेश तथा विदेशका उच्च तहमा पुगेको दाबी गरे । विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको प्राचार्य दाहालको भनाइ थियो ।
अभिभावकहरुको तर्फबाट बोल्दै कवि एवं पत्रकार मीनकुमार नवोदितले विकेभिएम जस्तो शैक्षिक संस्थाको अभिभावक हुन पाएकोमा गर्वको महसुस गरेको बताए । विकेभिएमले सफलतालाई प्रचारमुखी नबनाउने गरेको बताउँदै नवोदितले काममा विश्वास गरेकै कारण विकेभिएम सधैं सफल हुने गरेको उल्लेख गरे ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष चिरञ्जीवि दाहालको अध्यक्षतामा भएको समारोहमा सो विद्यालयबाट एमविविएस र इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्र् िप्राप्त गर्ने ६७ जना विद्यार्थी र अभिभावकलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेयर कोइराला, प्रिन्सिपल दाहाल, सहप्राचार्य अञ्जली दाहाल, प्याब्सनकी केन्द्रीय सदस्य शितला सुब्बालगायतले खादा लगाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको वार्षिकोत्सव समारोहमा २० वर्षभन्दा लामो समयदेखि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थीहरुले सांस्कृतिक नृत्य, कविता गायन, नाटकलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।