खबर पूर्वाञ्चल
स्नातकतहमा अध्ययनरत बि.पि.एच., बि.आइ.टी र बि.टेक.एड.आइटीका विद्यार्थीहरू बीच खेलकुदको आयोजना गरिएको हो । तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुमन खनालको संयोजकत्वमा आयोजित कार्यक्रमको उद्घघाटन कलेजका संस्थापक अध्यक्ष विकास अधिकारी र सञ्चालक सुवास आचार्यले रोबो कार कुदाएर गरिएको थियो ।
रोबो कार कलेजमा अध्ययनरत प्रथम सेमेस्टरका विद्यार्थीहरूले बनाएका हुन् । खेलकुदमा फुटबल, भलिबल, डोरी तान्ने खेल, चेस, ब्याडमिन्टन, पव–जी र रोबो सकर जस्ता खेलहरू समावेश गरिएको थियो । खेलकुदमा १६१ जनाविद्यार्थीहरू सहभागीभएको जानकारी कलेज प्रमुख सि. एम. बस्नेतले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले विद्यार्थीको नेतृत्व बिकास र कार्य कुशलता अभिवृद्धिका लागि खेलकुदकार्यक्रम गरेको बताए । कार्यक्रमा कलेजका निर्देशक आचार्यले खेलका माध्यमबाट शिक्षण सिकाई अझ प्रधावकारी बन्ने बताए । कार्यक्रममा विद्यार्थीहरूले खाजाको स्टल समेत राखेका थिए । बी.पी.एच कार्यक्रम अध्ययनरत विद्यार्थीहरूले खेलाडी तथा दर्शककालागि खानेकुराको व्यवस्था गरेका हुन् । उता दर्शक विद्यार्थीहरूले लाइभ म्युजिक र गीत गाएर कार्यक्रमको शोभा बढाए ।
खेलकुदमा प्रथम र द्वितीय हुने सम्पूर्ण विद्यार्थीलाई कलेजले मेडल तथा सर्टिफिकेट वितरण गरियो । फुटबल टप स्कोरर दिवस खड्का, पवजीका मोस्ट भ्यालुएवलप्लेयर पियुषपोख्रेल र रूकीअफ द इयर आलोक बन्जारा घोषित भए । विजेता खेलाडीलाई विराटनगर–९ मा अवस्थित बिरयानी अड्डाले ५ हजारको खाना टिकट दिएर प्रोत्साह ग¥यो ।