एम्स कलेजमा बादविवाद प्रतियोगिता, प्रथम भइन दीपशिखा निरौला

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७९, बिहीबार १६:१९
585
Shares
विराटनर / विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो ।

‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द्धितीय दीक्षा काफ्ले र तृतीय समिक्षा रेग्मी भइन् । कलेजमा अध्ययरत विद्यार्थीहरूमा भएको व्यक्तित्व विकास गर्नुको साथै उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकला अन्र्गत कलेजले यो प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख सिएम बस्नेतलले जानकारी दिए ।

प्रतियोगिताको निर्णायहरूमा प्याब्सन मोरङका अध्यक्ष सीतला सुब्बा र शिक्षक रबि रोका रहेका थिए । प्रतियोगितामा कलेजका प्रबन्धक निर्देशक टिकाराम पुरीको पनि सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५